काठमाडौं- इंग्ल्याण्डका अलराउन्डर मोइन अलीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
३४ वर्षीय अलीले सोमबार सन्यासको घोषणा गरेका हुन्। २०१४ बाट इंग्ल्याण्डका लागि टेस्ट क्रिकेट खेल्न थालेका उनले ६४ खेलमा आफ्नो देशको प्रतिनिधित्व गरेका छन्।
यस क्रममा अलीले १९५ टेस्ट विकेट लिएका छन् भने र पाँच टेस्टमा शतक पनि प्रहार गरेका थिए।
इंग्ल्याण्ड क्रिकेट बोर्डले आफ्नो वेबसाइटमा प्रसारण गरेको अलीको सन्देशमा भनिएको छ,‘म अहिले ३४ वर्षको छु र सकेसम्म धेरै दिन क्रिकेट खेल्न चाहन्छु। मैले टेस्ट क्रिकेटको अनुभव लिएको छु। मलाई लाग्छ अब धेरै गरिसकें। मैले जे गरे त्यसमा खुशी छु।’
उनले भारतविरुद्ध को सिरिजपछि सन्यासको घोषणा गरेका हुन्। अलीले आफ्नो कारण धेरै मुस्लिम युवाहरु इंग्ल्याण्ड क्रिकेट टिममा खेल्ने सपना देख्न थालेको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।