दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा सोमबार अपराह्न ५ बजे प्रहरीले छापा मारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ।
सो जुवाको खालबाट प्रहरीले १ लाख २५ हजार ६ सय १५ नगदसहित ती व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। उक्त होटलमा अवैधरुपमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको उनले जानकारी दिए।
नियन्त्रणमा लिएका सबै व्यक्तिउपर अनुसन्धान भइरहेको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।