काठमाडौं- एभरेस्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर ब्याटिङ रोजेको थियो। पोखराले १० ओभरमा ६५ रन बनाउँदा ७ विकेट गुमाएको थियो। त्यसपछि वर्षा भएकाले खेल रोकिएको थियो।
खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन्।
आजै भएको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई दुई विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।