• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

अन्तिम बलमा चितवनको रोमाञ्चक जित

64x64
नेपाल लाइभ आइतबार, असोज १०, २०७८  १३:११
1140x725

काठमाडौं– राजेश पुलामीको उत्कृष्ट ब्याटिङमा चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा रोमाञ्चक जित निकाल्दै सुखद् सुरुवात गरेको छ। आइतबार सम्पन्न खेलमा विराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै चितवनले सुखद् सुरुवात गरेको हो।

विराटनगले दिएको १५२ रनको मध्यम लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरको अन्तिम बलमा ८ विकेट गुमाएर १५५ रन बनायो। १९औं ओभरसम्म ७ विकेट गुमाएर १५० रन बनाएको चितवनलाई अन्तिम ६ बलमा २ रनको खाँचो थियो।

तर, ८औं विकेटका लागि पुलामीलाई साथ दिन आएका कमलसिंह ऐरीलाई अनिल खरेलले १ रनमा बोल्ड गरेपछि खेल रोमाञ्चक बनेको थियो। त्यसपछि शाहब आलम क्रिजमा आए। दोस्रो बल डट राखेका अनिलले तेस्रो बलमा १ रन दिएका थिए। चौथो बल डट राखेका अनिलले पाँचौ बल पनि रन दिएनन्। 

तर, अन्तिम बलमा पुलामीले ४ रन प्रहार गर्दै चितवनलाई जित दिलाए। कमजोर सुरुवात गरेको चितवनका लागि पुलामीले सर्वाधिका ४३ रन बनाए। उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए।  

भीम सार्कीले ३० रनको योगदान दिए। आक्रमक ब्याटिङ गरेका सार्की ११ बलमा ५ चौका र १ छक्का प्रहार गर्द ३० रनमा आउट भए। दिलीप नाथ २३, करिम जन्नत १९ र ईशान पाण्डे १० रनमा आउट भए। यता, कप्तान सोमपाल कामी ९ रनमा आउट भए। श्रीलंकाका शेकुगे प्रसन्न ३ बलमा ३ रन बनाउँदै रन आउट भए। 

सार्की र नाथको कमजोर साझेदारी
२.३ ओभरमा चितवनले २ विकेट गुमाएपछि क्रिजमा आएका भीम सार्की र दिलिप नाथले कमजोर स्कोरलाई उकास्न खोजेका थिए।तर, हतासमा देखिएका सार्की नाथसँग २९ रनको साझेदारी गर्दै क्रिजबाट बाहिरिए। 

उनले ११ बलमा ५ चौका र १ छक्कासहित ३० रन बनाए। यस्तै, नाथले २१ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए। सार्की ५औं ओभरको तेस्रो बलमा करण केसीले धरापमा पारे। ठूलो सट खेल्ने क्रममा उनले प्रहार गरेको बल विराटनगरका आसिफ शेखले समाते।

लगत्तै ब्याटिङमा जम्न खोजिरहेका नाथ पनि शौरभ खनालको हातबाट क्याच आउट भए।  जिम्बावेका अलराउन्डर सिकन्दर राजाले फ्याँकेको बलमा ठूलो सट खेल्ने कोसिस गर्दा व्यक्तिगत २३ रनमा उनले क्रिज छाड्नु पर्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

जम्न सकेनन् शाहजाद
चितवन टाइगर्स तथा अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद पहिलो खेलमा जम्न सकेनन्। ईशान पाण्डेसँगै ओपनिङमा आएका शाहजाद १ रनमै आउट भए। 

आजकै खेलबाट ईपीएलमा डेब्यु गरेका विराटनगरका प्रतिश जिसीले दोस्रो ओभरको दोस्रो बलमा शाहजादलाई विकेटकिपर आसिफ शेखबाट एक रनमा क्याच गराए। शाहजदले ५ बल खेलेका थिए। 

शाहजाद अर्को महिना युएई र ओमानमा हुने टि२० विश्वकपको लागि अफगानिस्तानको टोलीमा छन्। ईपीएलको समयमा अफगानिस्तानको अन्तर्राष्ट्रिय खेल नभएपछि उनी नेपाल आएका हुन्।

शाहजादले २ टेष्टमा ६९, ८४ ओडीआईमा ६ शतक र १४ अर्ध शतकसहित कुल २ हजार ७ सय २७ तथा ६५ टि२० मा १ शतकसहित १ हजार ९ सय ३६ रन बनाएका छन्।

विराटनगरको यस्तो रह्यो बलिङ
विराटनगरका सिकन्दर राजाले चितवनलाई रोक्न २ विकेट लिएका थिए। ४ ओभर बल फ्याँकेका उनले २ विकेट लिन ३४ रन खर्चिए। 

यता, प्रतिश जिसीले ४ ओभर बलिङ गर्दै १ विकेट लिए। उनले २१ रन खर्चिए। कप्तान करण केसीले ४ ओभर बलिङ गर्दै २ विकेट लिन ३० रन खर्चिए। 

यता, बिक्रम भुषाल व्यक्तिगत पहिलो ओभरमा महंगो सावित भए। ६ बल फ्यालेका भुषालले १७ रन खर्चिए। त्यसपछि उनले आफ्नो व्यक्तिगत दोस्रो ओभरमा मात्रै ४ रन खर्चिए।  

अनिल खरेलले १९ रन खर्चिए ३ ओभर बलिङ गर्दै १ विकेट लिए। विराटनगरका रायन पठानले आफ्नो पहिलो ओभरमा मात्रै ४ रन खर्चिएका थिए।

त्यसपछि २ ओभर बल फ्याँकेका उनले १७ रन खर्चिए। समग्रमा ३ ओभर बलिङ गरेका उनले १ विकेट लिन २१ रन खर्चिएका थिए।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले जिम्बावेका आक्रमक ब्याट्सम्यान सिकन्दर राजाको अर्धशतकमा २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो। 

विराटनगरका लागि राजाले बाहेक अन्यले गतिलो खेल प्रदर्शन गर्न सकेनन्। अनुभवि ब्याट्सम्यान राजाले ३७ बलमा अर्धशतक बनाएका थिए। उनले ४७ बलमा २ चौका र ७  छक्कासहित ६७ रनको योगदान दिए। उनी कमलसिंह ऐरीको बलमा ठूलो सट खेल्ने क्रममा भीम सार्कीको हातबाट क्याच आउट भए। यता, अनिलकुमार शाहले ३२ र शौरभ खनालले ३० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान भने क्रिजमा जमेर खेल्न सकेनन्।

अनिल र राजाको बलियो जुगलबन्दी
२ ओभर नपुग्दै ३ विकेट गुमाएको विराटनगरलाई अनिलकुमार शाह र जिम्बावेका सिकन्दर राजाले उकास्ने प्रयास गरेका थिए। पावर प्लेमा फितलो प्रदर्शन गरेको विराटनगरले यी दुई ब्याट्सम्यानबिच बलियो साझेदारी बन्दा केही राहत महसुस गरेको थियो। 

अनिल र राजाले १०.५ ओभरसम्म ६१ रनको बलियो साझेदारी गरे। अनिल ३१ बलमा ३ चौका र १ छ्क्का प्रहार गर्दै व्यक्तिगत ३२ रनमा आउट भए। उनलाई युवा बलर सागर ढकालले बोल्ड गरे। 

चल्न सकेनन् विराटनगरका ब्याट्सम्यान
तीव्र गातिका बलर तथा कप्तान सोमपाल कामीले पहिलो ओभरमै दुई विकेट लिँदै चितवनलाई सानदार सुरुवात दिलाएका थिए। गत चैतमा सम्पन्न मलेसिया, नेदरल्याण्ड्स र नेपालबीचको त्रिकोणात्मक सिरिजमा उच्च प्रदर्शन गरेका ओपनर ओपनर आसिफ शेखलाई दोस्रो बलमा सोमपालले शून्यमा क्याच गराए। आसिफ सोमपालको बलमा टस एज लागेर करिम जान्नतबाट क्याच आउट हुँदै गोल्डेन डक पेभिलिएन फर्के। सोमपालकै अन्तिम बलमा रयानखान पठान ४ रनमा बोल्ड आउट भए। 

उनले ३ बल खेल्दै १ चौकासहित ४ रन बनाए। उनी आउट भएलगत्तै आसिफलाई ओपनिङमा साथ दिन आएका वेस्टइन्डिजका चन्द्रपाउल हेमराज पनि ५ बलमा २ रन बनाएर आउट भए। अर्कातीव्र गतिका बलर कमलसिंह ऐरीले दोस्रो ओभरको पाँचौ बलमा हेमराजलाई २ रनमा बोल्ड आउट गरेका थिए।

यता, काठमाडौं गोल्डेन्सबाट खेलिसकेका सुमित महर्जनले पनि गतिलो प्रदर्शन गर्न सकेनन्। सिकन्दर राजालाई साथ दिन आएका उनी पहिलो बलमै सागर ढकालको बलमा एल्बिडल्यूको सिकार हुँदै मैदानबाट बाहिरिए। त्यसपछि ११औं ओभरमा आएका विराटनगरका कप्तान करण केसी पनि क्रिजमा जन्म सकेनन्। पहिलोपटक विराटनगरको कप्तानी सम्हालेका किरण १ रनमा आउट भए। 

३ बलको सामना गरेका करण शाहब आलमको बलमा अफगानी विकेटकिपर मोहम्मद शाहजादको हातबाट क्याच भए।  यता, बिक्रम भुसाल ७ रन बनाएर आउट भए भने प्रतिश जिसीले खाता खेल्न सकेनन्।

चितवनको मध्यम बलिङ
पहिलो ओभरमै २ विकेट हात पारेका चितवनका कप्तान सोमपाल कामी ३ ओभरसँग किफायती बलर देखिए पनि अन्तिम ओभरमा खुकुलो बलिङ गरे। उनले पहिलो ओभरमा ६ रनमात्रै दिए। यस्तै, तेस्रो ओभरमा बलिङ गर्न आएका सोमपालले ५ रन खर्चिए।

तर,१६औं ओभरमा आफ्नो व्यक्तिगत तेस्रो ओभर बलिङ गर्न आएका सोमपाल महंगो सावित भए। उनले सिकन्दर राजलाई १ छक्कासहित ९ रन दिए। उनले समग्रमा ४ ओभरमा २ विकेट लिँदै ३४ रन खर्चिए।

यता, युवा बलर सागर ढकालले पनि २ विकेट लिए। उनले ३ ओभर बलिङ गर्दै १४ रन खर्चिएर विराटनगरलाई चल्न दिएनन्। कमलसिंह ऐरीले ४ ओभर बलिङ गर्दै १९ रन खर्चिएर २ विकेट लिए। ४ ओभर बलिङ गरेका अफगानिस्तानका करिम जन्नतले ३२ रन खर्चिए २ विकेट लिए।   यता, श्रीलंकाका शेकुगे प्रसन्न चितवनको लागि महंगो सावित भए। १ ओभर मात्रै बल फ्याँकेका उनले १७ रन खर्चिए।

प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट
सम्बन्धित सामग्री
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। सोमबार, जेठ २५, २०८३
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ। सोमबार, जेठ २५, २०८३
एसियन्स गेम्स छनोट : उपाधिका लागि नेपाल र हङकङ भिड्दै खेल मध्यान्ह १२:१५ बजे सिंगापुर नेशनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । समूहचरणबाट दुवै... सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट सोमबार, असार १, २०८३
गण्डकी प्रदेशले ल्यायो ३३ अर्बको बजेट सोमबार, असार १, २०८३
कोशीले ल्यायो ४० अर्ब ४४ करोड ९८ लाखको बजेट (पूर्णपाठ) सोमबार, असार १, २०८३
चिया उद्योग संकटमा, १६ उद्योगले असार ४ देखि उत्पादन बन्द गर्ने सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्