गाईघाट– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ।
चौदण्डीगढी नगरपालिका ५ का ३० वर्षीय रामेश्वर चौधरीलाई उनको घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुन्दरपुरका प्रहरी नायव निरीक्षक प्रमेश्वर ठाकुरले बताए।
चौधरीलाई जिल्ला अदालत उदयपुरबाट एक वर्षको कैद सजाय तोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।