काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पन्जाब किंग्सले सनराइजर्स हैदराबादलाई ५ रनले पराजित गरेको छ। जितका लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रनमे समेटियो।
हैदरवादका लागि जासन होल्डरले अविजित ४७ रन बनाए। रिद्दिमान शाहले ३१ रन जोड्दा मनिस पाण्डेले १३ तथा केदार जादबले १२ रन बनाए।
पन्जाबका रबि बिश्नोईले ३ विकेट लिए तथा मोहमद शामीले २ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो।
पन्जाबका लागि एडिन मार्क्रमले २७ रन जोड्दा केएल राहुलले २१ रन बनाए। हरप्रित अविजित १८ रन बनाए। हैदरावादका जासन होल्डरले ३ विकेट लिएका थिए।
यस जितसँगै ९ खेलबाट १० अंक जोडेको पन्जाब पन्जाब तेस्रो स्थानमा उक्लिएको छ। समान ९ खेलबाट २ अंक जोडेको हैदरावाद लिग तालिकाको पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।