काठमाडौं- चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा एक हातले बल क्याच गर्ने दर्शकले ५० हजार रुपैयाँ पाउने भएका छन्।
ईपीएल आयोजकले खेल हेर्न आउने दर्शकलाई खाली हात नपठाउने उद्देश्यले पुरस्कार रकम घोषणा गरेको हो।
ईपीएल उद्धघाटन खेलमा काठमाडौं किंग्स ११ले ललितपुर प्याट्रियटर्सविरुद्ध पहिला फिल्डिङ गरिरहेको छ।
काठमाडौंका कप्तान सन्दीप लामिछानेले पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। सन्दीप र ललितपुरका कप्तान कुशल भुर्तेलले ईपीएलमा पहिलो पटक कप्तानी गर्न लागेका छन्।
सन्दीपले यसअघि २०१८ मा ललितपुरबाट दुई खेल खेलेका थिए। उनले पोखरा प्रिमियर लिगमा विराटनगर किंग्स, नेपालका लागि यू- १९ टोली र काठमाडौं मेयर्स कपमा काठमाडौं–११ को कप्तानी गरि सकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।