पोखरा– बसमा लागूऔषध लगिरहेको अवस्थामा सोमबार तनहुँमा २ जना प्रक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोलखाको सुरी गाउँपालिका–८ बस्ने २६ वर्षीय सागर खड्का र कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–२ बस्ने १६ वर्षीय रोजी श्रेष्ठ छन्।
लुम्बिनीबाट पोखरातर्फ आउँदै गरेको ना ४ ख ३५१७ नम्बरको बस व्यास नगरपालिका–१२, घाँसीकुवा तनहुँमा जाँचका क्रममा लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको हो।
उनीहरुबाट प्रहरीले डाइजेपाम ४४ थान, फेनेरागन ४४ थान, नुफिन ४४ थान र सिरिन्ज ४ थान बरामद गरेको प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।