काठमाडौं- राष्ट्रिय क्रिकेट टिमका सदस्य करण केसीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि २० क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सको कप्तानी गर्ने भएका छन्।
विराटनगरले शुक्रबार बलर करणलाई कप्तानीको जिम्मेवारी दिएको हो।
यसअघि विराटनगरको कप्तानी राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काले गर्दै आएका थिए।
तर, उनले यस संस्करणको ईपीएल खेल्ने छैनन्। चौंथो संस्करणको ईपीएल शनिबारबाट सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।