काठमाडौं– सवारी चालक अनुमतिपत्र दिलाइदिने भन्ने रकममा मोलमोलाइ गर्ने एक जना पक्राउ परेका छन्।
सोमबार छड्के अनुगमनमा गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मोलमोलाइ गरिरहेको अवस्थामा वेलकम ड्राइभिङ इन्स्टिच्युट नख्खुदोबाटोका सञ्चालक बाबुकाजी महर्जनलाई पक्राउ गरेको हो। उनलाई आफ्नै कार्यालयमा सेवाग्राहीसँग ग्रुप 'जी' को लाइसेन्स बनाइदिने भनी मोलमोलाइ गरिरहेका भेटिएको अख्तियार स्रोतले जनाएको छ।
उनीमाथि आयोगको टोलीले थप अनुसन्धान गरिरहेका अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।