एजेन्सी– बलिउड फिल्म ‘धडक’को ट्रेलर सार्वजनिक भएको छ। स्वर्गीय अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वी कपुर र अभिनेता साहिद कपुरका भाइ इशान खट्टर अभिनित फिल्मको ट्रेलर सार्वजनिक भएको हो।
जाहन्वीको डेब्यु अभिनय भएर पनि पछिल्लो समय अत्याधिक चर्चामा रहेको धडकलाई करण जोहर र जि स्टुडियोले संयुक्त रुपमा निर्माण गरेका हुन्।
फिल्मको निर्देशन शशांक खेतानले गरेका हुन् भने फिल्ममा जाहन्वी र इशानसँगै, खराज मुखर्जी, आदित्य कुमार, आशुतोष राणा लगायतको अभिनय छ।
जुलाई २० मा प्रदर्शनमा आउने ‘धडक’ मराठी फिल्म ‘साइरात’बाट रिमेक गरिएको हो।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।