काठमाडौं– ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएको छ।
आबुधाबीमा बिहीबार राति सम्पन्न खेलमा कोलकत्ताले साविक विजेता मुम्बईलाई ७ विकेटल पराजित गरेको हो।
मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।
कोलकत्ताको जितमा राहुल त्रिपाठीले अविजित ७४ रनको बनाए भने बैंकटेश आयरले ५३ रन बनाए। मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो।
मुम्बईका लागि क्विन्टन डी ककले ५५ रन तथा कप्तान रोहित शर्माले ३३ रन बनाएका थिए। कोलकत्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले २÷२ विकेट लिए।
यस जितसँगै कोलकत्ता ९ खेलबाट ८ अंकसहित चौंथो स्थानमा उक्लिएको छ। समान ९ खेलबाट ८ अंक जोडेको मुम्बई छैटौं स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।