काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर विनोद भण्डारीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा पोखरा राइनोजको कप्तानी गर्ने भएका छन्।
पोखराले एक पत्रकार सम्मेलन गर्दै विनोदले ईपीएलमा कप्तानी गर्ने जानकारी दिएको हो। पछिल्लो सिजनमा पोखरा कप्तानी स्कटल्यान्डका काइल कोट्जरले गरेका थिए।
तर, स्कटल्यान्ड उनको कप्तानीमा अर्को महिना हुने टि२० विश्वकपको तयारीमा छ। विनोदले २०१६ को पहिलो संस्करणको ईपीएलमा विनोदले सगरमाथा लिजेन्ड्सको कप्तानी गरेका थिए।
विनोदले घरेलु क्रिकेटमा लगातार त्रिभुवन आर्मी क्लबबाट कप्तानी गर्दै आएका छन्। उनकै कप्तानीमा गत माघमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता उपाधि जितेको थियो।
२०१७ को धनगढी प्रिमियर लिग (डिपिएल)मा कन्चनपुर आइकोनीकको कप्तानी गरेका थिए। २०१८ विनोदले डिपिएलमा महेन्द्रनगर युनाइटेडको कप्तानी गरेका थिए।
नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक उमेश पटवाल पोखरा मुख्य प्रशिक्षकको रुपमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।