फाइल तस्बिर
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन्।
साविक विजेता ललितपुर प्याट्रियट्र्सका कप्तानसमेत ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै शनिबारबाट सुरु हुने ईपीएल नखेल्न नसक्ने जनाकारी दिएका छन्।
ज्ञानेन्द्रले ललितपुरका सिईओ निरज कोइरालालाई इमेलमार्फत् आफूले खेल्न नसक्ने जानकारी दिएका छन्।
यसअघि विराटनगर वारियर्सका कप्तान पारस खड्का, वसन्त रेग्मी र काठमाडौं किंग्स –११ का दीपेन्द्रसिंह ऐरीले पनि ईपीएल नखेल्ने पक्का भइसकेको छ।
पारस र वसन्तले व्यक्तिगत कारण नखेल्ने जनाएका छन्।दीपेन्द्र चोटका कारण नखेलेका हुन्।
ईपीएल ९ असोजदेखि २३ सम्म टियुमा हुने । विजेताले ५० लाख र उपविजेताले १५ लाख प्राप्त गर्ने छन्।
ललितपुरले उद्धघाटन खेलमा काठमाडौं किंग्स–११ सँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।