• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस १५, २०८२ Tue, Dec 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

यी हुन् ईपीएल खेल्ने चर्चित १० विदेशी खेलाडी

64x64
नेपाल लाइभ शुक्रबार, असोज ८, २०७८  ०७:०३
1140x725

काठमाडौँ– एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौँथो संस्करण शनिबारबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा विभिन्न ६ वटा फ्रेन्चाइजी क्लबबाट २४ जना विदेशी खेलाडी खेल्दैछन्।

प्रत्येक क्लबमा टेस्ट मान्यता प्राप्त देशका कम्तीमा एक खेलाडी हुने आयोजकले जनाएको छ। श्रीलंका, बंगलादेश, पाकिस्तान, दक्षिण अफ्रिका, वेष्ट इन्डिज, जिम्बाब्बे र अफगानिस्तानका खेलाडीलाई कीर्तिपुरस्थित मैदानमा देख्न पाउने निश्चित भइसकेको छ। त्यसबाहेक क्यानडा, मलेसिया, सिंगापुर र भुटानका खेलाडी पनि विभिन्न क्लबमा अनुबन्ध भएका छन्।

श्रीलंकाबाट सबैभन्दा धेरै आठ खेलाडीले ईपीएल खेल्दैछन्। पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी कीर्तिपुरमा देखिने सबैभन्दा हाइप्रोफाइल क्रिकेटर हुनेछन्। बंगलादेशका एकदिवसीय अन्तर्राष्ट्रिय कप्तान तमिम इकबाल, श्रीलंकाका पूर्वकप्तान उपुल थरङ्गालगायत क्रिकेटरको खेल पनि हेर्न पाइनेछ।

को–को छन् चर्चित १० खेलाडी?

१. शाहिद अफ्रिदी, काठमाडौं किङ्स इलेभन
पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी अलराउन्डर हुन्। ४१ वर्षीय अफ्रिदी ठूला सट खेल्न र स्पिन बलिङका लागि परिचित छन्। उनले पाकिस्तानबाट २७ टेस्ट, ३९८ ओडीआई र ९९ टी २० अन्तराष्ट्रिय खेलेका छन्। अफ्रिदीले पाकिस्तानी राष्ट्रिय टोलीका लागि सन् १९९६ मा केन्याविरुद्ध ओडिआईमार्फत डेब्यू गरेका थिए।

ओडीआईमा सन् १९९६ मा श्रीलंकाविरुद्ध ३७ बलमा शतक प्रहार गरेका थिए। त्यसबेला उनी ओडीआईमा शतक प्रहार गर्ने सर्वाधिक कान्छो खेलाडी बनेका थिए। उनले १६ वर्ष २१७ दिनमा शतक बनाएका थिए। अफ्रिदीले ओडिआईमा ८ शतक र ३९ अर्धशतकसहित कुल आठ हजार ६४ रन बनाएका छन्। त्यसैगरी ३९५ विकेट लिएका छन्।

टी २० आईमा अफ्रिदीले सन् २००६ मा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए। उनले टी २० आईमा एक हजार ४१६ रन बनाउँदा ९८ विकेट लिएका छन्। अफ्रिदीले सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। उनी फ्रेन्चाइज लिग भने निरन्तर खेलिरहेका छन्।

२. तमिम इकबाल, भैरहवा ग्लाडिएटर्स
बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकबाल अहिले ओडीआई कप्तान पनि छन्। उनले ६४ टेस्ट, २१९ ओडीआई, ७८ टी २० आई खेलेका छन्। ३२ वर्षीय बायाँहाते ब्याट्सम्यान तमिमसँग २२९ टी २० खेलको अनुभव पनि छ। 

Ncell 2
Ncell 2

उनी बंगलादेशबाट टेस्ट र ओडीआईमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन्। टी २० आईमा बंगलादेशबाट सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा छन्। उनले टी २० आईमा एक शतक र सात अर्धशतकसहित एक हजार ७५८ रन बनाएका छन्। बंगलादेशबाट टी २० आईमा शतक प्रहार गर्ने उनी एक्लो क्रिकेटर हुन्। सन् २०१६ को टी २० विश्वकपमा ओमानविरुद्ध ६३ बलमा १०३ रनको अविजित इनिङ्स खेलेका थिए।

तमिमले टेस्टमा नौ शतक र ३१ अर्धशतकसहित कुल चार हजार ७८८ रन बनाएका छन्। ओडीआईमा १४ शतक र ५१ अर्धशतकसहित सात हजार ६६६ रन बनाएका छन्। उनले आगामी टी २० विश्वकपबाट आफ्नो नाम फिर्ता लिएका छन्। बंगलादेशले उनीविना नै विश्वकपमा भाग लिँदैछ।

३. उपुल थरङ्गा, भैरहवा ग्लाडिएटर्स
श्रीलंकाका पूर्व कप्तान उपुल थरङ्गाले गत वर्ष ललितपुर प्याट्रिएट्सबाट ईपीएल खेल्ने जनाइएको थियो। तर, कोरोना महामारीका कारण गत वर्ष ईपीएल आयोजना हुन सकेन। यस सिजनमा उनलाई भैरहवाले अनुबन्ध गरेको छ। 

३७ वर्षीय थरङ्गाले गएको फेब्रुअरीमा नै अन्तराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्। श्रीलंका क्रिकेट बोर्ड र खेलाडीहरुको बिग्रिँदो सम्बन्धको कारण उनले सन्न्यास लिएका थिए। विकेटकिपर तथा बायाँहाते ब्याट्स्म्यान थरङ्गाले श्रीलंकाबाट ३१ टेस्ट, २३५ ओडीआई र २६ टी २० आई खेलेका छन्।

उनले टेस्ट क्रिकेटमा ५८ इनिङ ब्याटिङ गर्दा तीन शतकसहित एक हजार ७५४ रन बनाएका छन्। ओडीआईमा उनले १५ शतक र ३७ अर्धशतकसहित ६ हजार ९५१ रन जोडेका छन्। उनको उत्कृष्ट प्रदर्शन भने २०१३ मा भारतविरुद्ध हो। उनले उक्त खेलमा अविजित १७४ रन बनाएका थिए। 

टी २० आईमा उनले ४०७ रन बनाउँदा सर्वाधिक ४७ रनको इनिङ मात्र खेलेका छन्। तर, टी २० मा भने उनले दुई शतक बनाएका छन्। 

४. सिकन्दर राजा, विराटनगर वारियर्स
जिम्बाबेका स्टार अलराउन्डर तथा टी २० कप्तान सिकन्दर राजाले १७ टेस्ट, १०५ ओडीआई, ४२ टी २० आई खेलेका छन्। उनले २०१८ को ग्लोबल एकदिवसीय विश्वकप छनोटमा नेपालविरुद्ध ६६ बलमा ६ चौका र ९ छक्कासहित १२३ रनको आक्रामक इनिङ खेलेका थिए। 

यसअघि उनी सन् २०१८ मा ईपीएल टिम काठमाडौं किङ्स इलेभनमा अनुबन्ध भए पनि व्यक्तिगत कारण खेल्न आएका थिएनन्। ३५ वर्षीय सिकन्दर मध्यक्रममा ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्छन्। उनले टेस्ट क्रिकेटमा एक शतकसहित एक हजार १८७ रन बनाएका छन् र ३४ विकेट हात पारेका छन्।

त्यस्तै ओडीआईमा तीन शतक र १८ अर्धशतकसहित तीन हजार ११ रन बनाएका छन् भने ६२ विकेट हात पारेका छन्। टी २० आईमा भने एक अर्धशतकसहित ५२४ रन बनाएका छन् र १३ विकेट लिएका छन्। ११७ टी २० खेल्दा १२ अर्धशतकसहित २०७५ रन बनाएका छन्। 

५. मोहम्मद शाहजाद, चितवन टाइगर्स
अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले एकै दिनमा टी २० मा दुई अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन्। उनले २०१७ जनवरी २० मा डिजर्ट टी २० च्यालेन्ज कपको सेमिफाइनलमा बिहान ओमान र फाइनलमा साँझ आयरल्यान्डविरुद्ध अर्धशतक बनाएका थिए।

शाहजादले दुई टेष्टमा ६९ रन बनाएका छन्। त्यसैगरी ८४ ओडीआईमा ६ शतक र १४ अर्धशतकसहित कुल २ हजार ७२७ रन बनाएका छन्। उनले ६५ टी २० आईमा एक शतक र १२ अर्धशतकसहित १ हजार ९३६ रन बनाएका छन्।

शाहजादको टी २० आईमा स्टाइक रेट १३४ छ। सन् २०१६ मा उनले जिम्बाब्बेसँगको टी २० मा ६७ बलमा १० चौका र ८ छक्कासहित ११८ रनको इनिङ खेलेका थिए। शाहजाद अफगानिस्तान क्रिकेट बोर्डसँग तितो सम्बन्धका कारण सन् २०१९ को ओडीआई विश्वकपदेखि प्रतिबन्धको कारण राष्ट्रिय टोलीमा छैनन्।

६. धम्मिका प्रसाद, भैरहवा ग्लाडिएटर्स
३८ वर्षीय धम्मिका प्रसाद मध्यम गतिका बलर हुन्। उनले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडीआई र एक टी २० आई खेलेका छन्। टेस्टमा ७५ र ओडिआईमा ३२ विकेट लिएका छन्। 

टेस्टमा उनको उच्च प्रदर्शन ५–५० हो। ओडीआईमा भने ३–१७ को उच्च प्रदर्शन गरेका छन्। उनले सन् २००६ मा बंगलादेशविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए। उनले करिअरको पहिलो खेलको पहिलो ओभरमै दुई बलमा दुई विकेट लिँदै मेडन ओभर राखेका थिए।

उनी ‘बाउन्सर’ बल फ्याँक्न सिपालु खेलाडी हुन्। उनले जम्मा एउटा मात्र टी २० आई खेलेका छन्, जसमा उनले कुनै विकेट लिन सकेनन्। त्यस्तै २१ टी २० खेलमा १९ विकेट लिएका छन्।

७. असेला गुणरत्ने, पोखरा राइनोज
श्रीलंकाका स्टार क्रिकेटर असेला गुणरत्ने दायाँहाते ब्याट्स्म्यान हुन्। ३६ वर्षीय गुणरत्नेले ६ टेस्ट, ३१ ओडिआई र १२ टि २० आई खेलेका छन्। उनले टेस्टमा एक शतकसहित ४५५ रन बनाएका छन्।

 

गुणरत्नेले ओडीआईमा एक शतक र एक अर्धशतकसहित ५७५ रन बनाएका छन्। उनी मध्यक्रम र तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन्। टी २० आईमा उनले २ अर्धशतकसहित कुल २२५ रन बनाएका छन्।  

पार्ट टाइम मिडियम पेश बलिङ गर्ने उनीसँग आईपीएलमा मुम्बई इन्डियन्सबाट खेलेको अनुभव पनि छ। उनले ७५ टि २० खेलमा ९ अर्धशतकसहित एक हजार ३९८ रन बनाएका छन्। पछिल्लो समय चोट र कमजोर प्रदर्शनका कारण उनी राष्ट्रिय टोलीमा छैनन्। 

८. ओशदा फर्नान्डो, ललितपुर प्याट्रिएट्स
श्रीलंकाका शीर्षक्रमका ब्याट्सम्यान ओशदा फर्नान्डोले ११ टेस्ट, आठ ओडीआई र सात टि २० आई खेल खेलेका छन्। २९ वर्षीय फर्नान्डोले टेस्टमा एक शतक र ४ अर्धशतकसहित कुल ६ सय ७७ रन बनाएका छन्। ओडीआईमा उनले १४८ रन मात्र बनाएका छन्। टि २० आईमा पनि उनले १२८ रन बनाएका छन्। ६ इनिङ ब्याटिङ गर्दा उनको उच्च रन ७८ हो।

फर्नान्डोले सन् २०१९ मा पाकिस्तानविरुद्ध टि २० आईमा डेब्यु गरेका थिए। उनले डेब्यु खेलमा नै अविजित ७८ रन बनाएका थिए। उनी श्रीलंकाको टेस्ट टोलीका नियमित सदस्य हुन्। तर, ओडीआई र टी २० मा उनको प्रदर्शन सामान्य छ।

९. र्‍यान बर्ल, काठमाडौं किङ्स इलेभन
ब्याटिङ अलराउन्डर र्‍यान बर्ल जिम्बाब्बेका प्रमुख खेलाडी हुन्। २७ वर्षिय बर्लले तीन टेस्ट, २१ ओडीआई र ३४ टी २० आई खेलेका छन्।

बायाँहाते ब्याट्सम्यान बर्लले मध्य र तल्लोक्रममा ब्याटिङ गर्छन्। उनी लेगस्पिन बलिङ गर्छन्। उनले टेस्ट क्रिकेटमा जम्मा २४ रन मात्र बनाएका छन्। टेस्टमा उनको नाममा चार विकेट छ। ओडीआईमा भने दुई अर्धशतकसहित ३१३ रन बनाएका छन्। सात विकेट पनि लिएका छन्।

टी २० आईमा उनले प्रभावशाली प्रदर्शन गरेका छन्। उनले एक अर्धशतकसहित कुल ५३८ रन बनाएका छन्। उनको उत्कृष्ट प्रदर्शन अविजित ५७ रन हो। त्यसैगरी टी २० आईमा उनले २१ विकेट लिएका छन्। उत्कृष्ट प्रदर्शन ३–२२ हो।

१०. सिक्कुगे प्रसन्ना, चितवन टाइगर्स
श्रीलंका ३६ वर्षीय अलराउन्डर सिक्कुगे प्रसन्नाले एक टेष्ट, ४० ओडीआई र २० टी २० आई खेलेका छन्। उनले सन् २०११ मा श्रीलंकाको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। तर, सन् २०१९ पछि टोलीमा परेका छैनन्। उनी मध्य र तल्लोक्रममा ब्याटिङ गर्छन् भने लेगस्पिन बलिङ गर्छन्।

उनले एक मात्र टेस्ट खेल्दा पाँच रन बनाएका छन् भने कुनै पनि विकेट लिन सकेका छैनन्। त्यस्तै ओडीआईमा ४२१ रन बनाउँदा ३२ विकेट लिएका छन्। उनले सन् २०१६ मा आयरल्यान्डविरुद्धको  ओडीआईमा ४५ बलमा ९५ रनको उत्कृष्ट इनिङ खेलेका थिए। 

उनले टी २० आईमा २१४ रन बनाउनुको साथै १० विकेट लिएका छन्। त्यसैगरी १७० टी २० क्रिकेट खेल्दा एक हजार ७७७ रन बनाएका छन् भने १३५ विकेट लिएका छन्। 

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन
देउवाले भने– विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ
दुर्गा प्रसाईंलाई प्रधानमन्त्रीले भनिन् : शान्ति स्थापनाको बाटो निर्वाचन हो
सम्बन्धित सामग्री
क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार, पुस १०, २०८२
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो। मंगलबार, पुस ८, २०८२
टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी क्यानले बुधबार २० खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणका लागि बोलाएको हो । बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन मंगलबार, पुस १५, २०८२
देउवाले भने– विशेष महाधिवेशन हुँदैन, नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ मंगलबार, पुस १५, २०८२
दुर्गा प्रसाईंलाई प्रधानमन्त्रीले भनिन् : शान्ति स्थापनाको बाटो निर्वाचन हो मंगलबार, पुस १५, २०८२
ह्वात्तै घट्यो सुनचाँदीको भाउ मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
बालेनले जहाँबाट उम्मेदवारी दिएपनि हराउँछौँ : हर्क साम्पाङ सोमबार, पुस १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्