काठमाडौं– पाकिस्तानी क्रिकेट खेलाडी साहिद अफ्रिदी आज (बिहीबार) नेपाल आउने भएका छन्। एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न उनी नेपाल आउन लागेका हुन्। उनी आज दिउँसो ३ बजे कतार एयरवेजमार्फत नेपाल आउँदै छन्।
कोरोना महामारीका कारण पटक पटक सरेको लिगको चौथो संस्करण आउँदो शनिबारबाट र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुँदै छ। अफ्रिदी यस पटक काठमाडौं किङ्गस इलभेनबाट खेल्दै छन्।
ईपीएलका यसअघिका संस्करणमा राष्ट्रिय खेलाडी सम्मिलित रहे पनि यसपटक अन्तर्राष्ट्रिय खेलाडीसमेत सहभागी हुँदै छन्। यसको लागि केही खेलाडी नेपाल आइसकेका र केही आउने क्रममा रहेको बताइएको छ।
ईपीएलमा काठमाडौं किङ्गस् इलभेन, पोखरा राइनोज, बिराटनगर वारिर्यस, चितवन टाइगर्स, भैरहवा ग्लेडिएटर्स र ललितपुर पेट्रोइट्स सम्मिलित रहने छन्। लिगको उद्घाटन खेलमा शनिबार काठमाडौं इलाभेन र ललितपुर पेट्रोइट्स खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।