काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ।
दुबईमा बुधबार राति भएको खेलमा हैदरावाद ८ विकेटले पराजित भएको हो। हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो।
दिल्लीको जितमा श्रेयस आयरले अविजित ४७ रन जोडे तथा ऋषव पन्तले अविजित ३५ रन बनाए। शिखर धवनले ४२ रन जोड्दा पृथ्वी शले ११ रन बनाए।
हैदरावादका खलिल अहमेद र राशिद खानले १÷१ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन जोडेको थियो।
हैदरावादका अब्दुल समादले २८ रन जोड्दा राशिद खानले २२ रन बनाए। रिद्दिमान साह र केन विलियम्सनले १८/१८ रन जोडेका थिए। मनिस पाण्डेले १७ रन जोड्दा जासन होल्डरले १० रन बनाए ।
दिल्लीका कागिसो राबडाले ३ विकेट तथा एन्रिच नोर्किया र अक्षर पटेलले २/२ विकेट लिएका थिए।
जितसँगै दिल्ली लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ९ खेल खेलेको दिल्लीको १४ अंक छ। तालिकाको अन्त्यमा रहेको हैदरावादले ८ खेलबाट मात्र २ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।