काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर विनोद भण्डारी वैवाहिक बन्धनमा बाँधिने भएका छन्। भण्डारीको बुधबार खेलकुद पत्रकार सोनिका अर्यालसँग इन्गेजमेन्ट भएको हो।
लामो समयदेखि प्रेममा रहेका उनीहरूले बुधबार काठमाडौंमा एक समारोह आयोजना गरी औंठी साटासाट गरेका हुन्।
भण्डारी कञ्चनपुरका हुन् भने सोनिका गोर्खाकी। भण्डारीले ओमान टुरबाट फर्किएलगत्तै अर्यालसँग इन्गेजमेन्ट गरेका हुन्।
नेपाली टोली आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएको थियो।
त्रिभुवन आर्मी क्लबको क्रिकेट टोलीको कप्तानसमेत रहेका भण्डारीले शनिबारबाट टियू मैदानमा सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) पोखरा राइनोजबाट खेल्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।