काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टि२० क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई जितका लागि १३५ रनको मध्यम लक्ष्य दिएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनायो।
हैदरावादका लागि अब्दुल सहमदले सर्वाधिक २८ रन बनाए।
उनले २१ बलमा २ चौका र १ छक्का प्रहार गरे। त्यस्तै, रासिद खानले २२, रिद्धिमान शाहले १८ र मनिस पाण्डेले १७ रन बनाए। दिल्लीका ३ खेलाडी रन आउट भएका थिए।
बलिङतर्फ दिल्लीका लागि अरिच नोर्टे र अक्षर पटेलले समान दुई/दुई विकेट लिए।
दिल्ली ८ खेलबाट १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको चेन्नइ सुपर किंग्सको पनि १२ अंक छ। यता, हैदरावाद ७ खेलबाट २ अंक जोडेर तालिकाको पुछारमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।