काठमाडौं- अफगानिस्ताका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद र मध्यगतिका बलिङ अलराउन्डर करिम जनात नेपाल आइपुगेका छन्। चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न शाहजाद र जानत बुधबार नेपाल आइपुगेका हुन्।
उनीहरुले चौथो संस्करणको ईपीएल चितवन टाइगर्सबाट खेल्ने छन्। यी दुबै खेलाडी अर्को महिना युएई र ओमानमा हुने टि२० विश्वकपको लागि अफगानिस्तानको टोलीमा छन्।
ईपीएलको समयमा अफगानिस्तानको अन्तर्राष्ट्रिय खेल नभएपछि उनीहरु आएका हुन्।
शाहजादले २ टेष्टमा ६९, ८४ ओडीआईमा ६ शतक र १४ अर्ध शतकसहित कुल २ हजार ७ सय २७ तथा ६५ टि२० मा १ शतकसहित १ हजार ९ सय ३६ रन बनाएका छन्।
२३ वर्षिय करिमले अफगानिस्तानबाट १ ओडिआई र २७ टि२० आई खेलिसकेका छन्।
यसअघि मंगलबार सेकुगे प्रसन्न नेपाल आइपुगेका थिए। मलेसिया स्टार ब्याट्सम्यान विरनदीप सिंह आज राती नेपाल आइपुग्ने चितवनले जनाएको छ।
ईपीएल ९ असोजदेखि २३ सम्म टियु मैदानमा हुने छ। विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।