फाइल तस्वीर
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। ओमाामा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्न गएको टोली मंगलबार बिहान स्वदेश फर्किएको हो।
नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकालेको थियो।
नेपालले ओमानविरुद्ध एक जित र एक हार बेहोरेको हो भने अमेरिकासँग पनि सोही नतिजा निकालेको थियो।
सिरिजपछि नेपाल लिग–२ को चौंथो स्थानमा उक्लिएको छ। नेपालले ८ खेलमा ८ अंक जोडेको छ।
ओमान १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा रहेको छ। अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
त्रिकोणात्मक सिरिज अघि नेपाली टोलीले पपुवा न्युगिनीविरुद्ध दुई खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । नेपालले त्यस सिरिज २–० ले जितेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।