काठमाडौं- कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टि २० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ९ विकेटको जित निकालेको छ।
बैंगलोरले दिएको ९३ रनको सामान्य लक्ष्य कोलकत्ताले १० ओभरमा १ विकेट गुमाउँदै ९४ रन बनायो।
कोलकत्ताका लागि सुबमन गिलले सर्वाधिक ४८ रन बनाए। उनले ६ चौका र १ छक्का प्रहार गरे।
यता, भेन्काटेस आयर ४१ रनमा अविजित रहे। उनले १७ बलमा ७ चौका र १ छक्का प्रहार गरे। शून्य रनमा अविजित रहे ।
बैंगलोरका युजभेन्द्र चाहलले १ विकेट लिए।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटिएको हो।
बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे। उनले २० बलमा ३ चौका प्रहार गरेका थिए। यता, सृकर भारतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए।
ग्लेन म्याक्सवेल १० र कप्तान विराट कोहली ५ रनमा आउट भए।
कोलकत्ताका लागि आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । रसेलले ३ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिए। यता, चक्रवर्तीले भने ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट हात पारे।
लक्की फर्गुसनले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए। प्रशिद्ध कृष्णको नाममा एक विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।