काठमाडौं- इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टि २० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई जितका लागि ९३ रनको सामान्य लक्ष्य दिएको छ।
आबुधाबीमा पहिले ब्याटिङ गरेको बैंगलोर १९ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटिएको हो।
बैंगलोरका देबदुत पडिकलले सर्वाधिक २२ रन जोडे। उनले २० बलमा ३ चौका प्रहार गरेका थिए। यता, सृकर भारतले १६ रन जोड्दा हर्सल पटेलले १२ रन बनाए।
ग्लेन म्याक्सवेल १० र कप्तान विराट कोहली ५ रनमा आउट भए।
कोलकत्ताका लागि आन्द्रे रसेल र वरुण चक्रवर्तीले ३/३ विकेट लिए । रसेलले ३ ओभरमा ९ रन खर्चिएर ३ विकेट लिए। यता, चक्रवर्तीले भने ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट हात पारे।
लक्की फर्गुसनले ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए। प्रशिद्ध कृष्णको नाममा एक विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।