काठमाडौं- भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले घरेलु क्रिकेट प्रतियोगिता खेल्ने खेलाडीहरुको म्याच फी बढाएको छ।
बीसीसीआईका सचिव जय शाहले ट्वीटरमार्फत् खेलाडीहरुको फी बढाएको जानकारी दिएका हुन्।
उनका अनुसार घरेलु क्रिकेट प्रतियोगिता खेल्ने खेलाडीहरुले अब पहिलेको तुलनामा धेरै म्याच फी पाउने छन्।
उनका अनुसार सिनियर खेलाडीले ६० हजार भारु पाउने छन्। तर, ४० भन्दा बढी खेल खेलेकाले मात्रै उक्त तलब पाउने छन्। यस्तै, अण्डर २३ का खेलाडीले २५ हजारभन्दा तल तलब पाउने छन्।
यस्तै, अण्डर १९ का खेलाडीले २० हजार भारु पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।