काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट टिम रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीले कप्तानी छाड्ने घोषणा गरेका छन्।
भारतीय क्रिकेट टिमका कप्तानसमेत रहेका कोहलीले जारी सिजन सकिएसँगै कप्तानी छाड्ने घोषणा गरेका हुन्।
कोहली सन् २०१३ बाट बैंगलोरको कप्तान रहँदै आएका छन्। कोहलीको कप्तानीमा बैंगलोरले १ सय ३२ खेलमा ६२ जित निकालेको छ।
कोहलीले गत साता भारतको टी–ट्वान्टी टिमको कप्तानी छाड्ने घोषणा गरेका थिए।
कोहलीले आगामी टी–ट्वान्टी विश्वकपपछि आफू टी–ट्वान्टीको कप्तान नहुने बताएका छन्।
कोहलीले यस अघि भारतीय टिमको तीनै फर्म्याटको कप्तानी गरिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।