काठमाडौं- नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत ओमानविरुद्ध खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।
नेपाललाई ७ विकेटको जित दिलाउन करणले उत्कृष्ट प्रदर्शन गरेका थिए। करण ओडिआई करिअरमा दोस्रो पटक ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन्।
अल अमरेत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको ओमानलाई ३७।१ ओभरमा १ सय २१ रनमा अल आउट गर्न करणले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिएका थिए।
नेपालले हालसम्म १६ ओडीआई खेल खेलेको छ। जसमा सन्दीप सर्वाधिक धेरै तीन पटक ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्। सोमपाल कामी र करण केसी दुई/दुई तथा पारस खड्का र कुशल भुर्तेल १/१ पटक ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।