काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टि २० क्रिकेटमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई १५७ रनको लक्ष्य प्रस्तुत गरको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको छ।
चेन्नईका लागि रुतुराज गाइक्वाडले ८८ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गरे।
त्यस्तै, रविन्द्र जडेजाले २३ र डोइन ब्राभोले २६ रन बनाए।
मुम्बईका लागि ट्रेन्ट बोल्ट, आदम मिलेन र जस्प्रित भुम्राहले समान दुईरदुई विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।