काठमाडौं- सन्दीप लामिछाने र करण केसीको सानदार बलिङमा ओमानले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपालसामू १२२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३७.१ ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो।
ओमानका लागि जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए। उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरे।
कप्तान मकसुदबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालको घातक बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए। सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४र४ रन जोडे। सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए।
कालिमउल्लाह ११ रनमा अविजित रहदा बिलाल खानले ९ रन बनाए।
नेपालका सन्दीपले ८।१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए। करणले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिए।
स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।