काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरुद्ध जारी खेलमा नेपालले दोस्रो विकेट हात पारेको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा करण केसीले घरेलु टोली ओमानको दोस्रो विकेट लिएका हुन्।
करणले सातौं ओभरको पाँचौं बलमा ओमानका सुरुआती ब्याट्सम्यान सुफयान मेहमुदलाई सुशन भारीमार्फत् क्याच गराएका हुन्।
अर्का सुरुआती ब्याट्सम्यान जतिन्दर सिंहको पनि करणले नै विकेट लिएका थिए। करणले जतिन्दरलाई तेस्रो ओभरको चौथो बलमा आसिफ सेखमार्फत् क्याच गराएका थिए।
अघिल्लो खेलमा जतिन्दरले नेपालविरुद्ध शतक प्रहार गरेका थिए।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।