काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरुद्ध जारी खेलमा नेपालले पहिलो विकेट हात पारेको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा करण केसीले घरेलु टोली ओमानका सुरुआती ब्याट्सम्यान जतिन्दर सिंहको विकेट लिएका हुन्।
करणले जतिन्दरलाई तेस्रो ओभरको चौथो बलमा आसिफ सेखमार्फत् क्याच गराएका हुन्।
अघिल्लो खेलमा जतिन्दरले नेपालविरुद्ध शतक प्रहार गरेका थिए।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गरिरहेको छ। छैटौं ओभर सकिँदा ओमानले २७ रन जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।