फाइल तस्वीर
काठमाडौं– आज नेपालले ओमानसँग एकदिवसीय खेल खेल्दै छ। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले आज ९आइतबार० ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपालले अल अमिरात क्रिकेट मैदानमा घरेलु टोलीको सामना गर्नेछ। नेपाल र ओमानबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ। यसअघि सिरिज अन्तर्गत गत मंगलबार भएको पहिलो खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो। घरेलु टिमविरुद्ध आज नेपाल जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रँदै छ
लिग–२ सिरिज अन्तर्गत नै २०२० को फेब्रुअरीमा भएको दुई खेलमा पनि ओमानले नेपाललाई हराएको थियो। ओमानविरुद्धको खेल नेपालका लागि यस सिरिजको अन्तिम खेल हो। ४ खेलको सिरिजमा नेपालले ३ खेल खेल्दा १ मात्र जित हासिल गरेको छ।
सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानसँग पराजित भएको थियो। यस्तै शुक्रबार भएको सिरिजको तेस्रो खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो।
लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ। १२ खेलबाट २० अंक जोडेर ओमान शीर्ष स्थानमा रहेको छ। अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
लिग–२ विश्वकप छनोटको एक रुप हो । सात टोली रहेको लिग–२ मा एक टोलीले ९ सिरिजसहित कुल ३६ खेल खेल्ने छन् ।
लिग–२ को शीर्ष तीन राष्ट्र २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन्। यसअघि लिग–२ को सिरिजअन्तर्गत नेपालले घरेलु मैदानमा ओमानसँग खेलेको दुई खेलमा पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।