काठमाडौं- श्रीलंकाका ओपनर ब्याट्सम्यान दीलशान मुनावीराले विराटनगर वारियर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।
विराटनगरले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंकाका ३२ वर्षीय दीलशान मुनावीरालाई अनुबन्ध गरेको छ।
यसअघि विराटनगरले जिम्बावेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका तीव्र गतिका बलर रयानखान पठान र वेस्टइन्डिजका शीर्षक्रमका ब्याट्सम्यान हेमराज चन्द्रपाउललाई अनुबन्ध गरिसकेको छ।
मुनावीराले श्रीलंकाबाट १३ टि२० आई र २ ओडिआई खेल खेलेका छन्। टि२० आई खेलमा उनले एक अर्धशतकसहित कुल २ सय १५ रन बनाएका छन्।
उनीमा १ सय १२ लिष्ट ए र १ सय २७ टि२० आई खेलको अनुभव छ।
ईपीएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।