काठमाडौं- श्रीलंकन स्टार क्रिकेटर असेला गुणरत्नेले पोखरा राइनोजबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्। गुणरत्नेले श्रीलंकाबाट ६ टेस्ट, ३१ ओडिआई र १२ टि-२० आई खेलेका छन्।
टि-२० आईमा उनले २ अर्धशतकसहित कुल २ सय २५ रन बनाएका छन्।
उनीसँग इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सको अनुभव छ। ७५ टि-२० खेलमा उनले ९ अर्धशतकसहित १ हजार ३ सय ९८ रन बनाएका छन्। उनले २८ प्रथम श्रेणी, ३१ लिष्ट ए र ३४ टि-२० खेल खेलेका छन्।
यस अघि पोखराले विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिका ओपनर रिचर्ड लेभी र वेस्टइन्डिजका अलराउन्डर केस्रिक विलियम्सको नाम सार्वजनिक गरि सकेको छ।
पोखरा मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक उमेश पटवाल छन्। बलिङ प्रशिक्षकमा शक्ति गौचन छन्।ईपीएल असोज ९ देखि २३ सम्म टियुमा हुने छ। विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।