काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलको १४.३ ओभरमा ६३ रन बनाउँदा नेपालले तेस्रो विकेट गुमाएको हो। तेस्रो विकेटका रुपमा नेपालका रोहित पौडेल मात्र २ रन बनाएर आउट भए।
यसअघि ओपनर कुशल भुर्तेल ३६ रन बनाएर आउट भएका थिए। अर्का ओपनर असिफ सेखले पनि ३ रन मात्र जोड्न सके।
अहिले कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले ब्याटिङ गरिरहेका छन्।
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गरेको हो।
यसअघि गत सोमबार सम्पन्न अमेरिकाविरुद्धको पहिलो खेलमा नेपालले जित हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।