काठमाडौं- चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि २० क्रिकेट प्रतियोगिताका लागि सहायक प्रशिक्षक नियुक्त गरेको छ।
चितवनले बिहीबार एक विज्ञप्ति निकाल्दै भारतको राजधानी दिल्लीका पूर्वक्रिकेटर पुरु सिंहलाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको हो।
सिंह ‘लेभल टू’ गरेका प्रशिक्षक हुन्। ४० वर्षीय अनुभवले खारिएका सिंह एक सबैभन्दा धनी क्रिकेट संस्कृतिबाट आएका कोच मानिन्छन्। क्रिकेटरहरुलाई प्रेरित गर्नु सफलताको कुञ्जी भएको उनी बताउँछन्।
‘क्रिकेटको पछाडि रहेको विज्ञानले मलाई प्रेरणा दिन्छ। म आफैंलाई विकसित र भविष्यको पुस्ताको लागि त्यो ज्ञान प्रदान गर्न हामी मानसिक रूपमा प्रत्येक उत्तेजित गर्न सक्छौं। युवा क्रिकेटर सबैभन्दा राम्रो हुन सक्छ,’ सिंहले भनेका छन्।
चितवनले यसअघि नै मुख्य प्रशिक्षकमा सामसन जंग थापालाई नियुक्त गरेको थियो।
यस्तै, चितवनले उपकप्तानको जिम्मेवारी दिलिप नाथलाई दिएको छ। चितवनको कप्तानी भने सोमपाल कामीले गर्नेछन्।
चौंथो, संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।
साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।