काठमाडाैं– वेस्ट इन्डिजका पूर्व अलराउण्डरसमेत रहेका कमेन्टेटर्स माइकल होल्डिङले क्रिकेट कमेन्ट्रीबाट सन्यास घोषणा गरेका छन्।
६६ वर्षीय होल्डिङले बुधबार कमेन्ट्रीबाट सन्यास घोषणा गरेका हुन्। होल्डिङ २० वर्षभन्दा बढी स्काई स्पोर्ट्स कमेन्ट्री प्यानलको एक सदस्यमा रुपमा कार्यरत थिए।
होल्डिङले पहिलो पटक १९९० मा इंग्ल्यान्डको वेस्ट इन्डिज भ्रमणमा कमेन्ट्री गरेका थिए। उनले विगत एक वर्षदेखि सन्यासबारे सोचिरहेका थिए। ‘२०२० भन्दा अगाडि कति कमेन्ट्री गर्छु मलाई नै थाहा छैन। म अब ६७ वर्ष पुगेको छु। ममा अब ३६, ४६ वा ५६ को जस्तो जोस छैन,’ उनले एक बीबीसी रेडियो टक शोमा भने।
उनले थपे, ‘मैले स्काई स्पोर्ट्सलाई भनेको छु अब म एक वर्षभन्दा धेरै समय दिन सक्दिनँ। यदि यो वर्ष क्रिकेट नभएको भए, सायद म २०२१ को बारेमा सोच्न सक्छु। यो हुन सक्छ, एक कम्पनी जसले मेरो लागी धेरै गरेको छ।’
होल्डिङले १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।अन्तरदृष्टि, विश्लेषण र तीक्ष्ण क्षमताका कारण उनी कमेन्ट्रीको इतिहासमा प्रसिद्ध बनेका थिए। उनलाई यसैका कारण धेरैपटक सम्मानित पनि गरिएको थियो।
होल्डिङले वेस्ट इन्डिजका लागि ६० टेस्ट, १०२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । उनको नाममा ३९१ विकेट छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।