काठमाडौं- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि २० क्रिकेटको फ्रेन्चाईज टिम पोखरा राइनोजले नयाँ लोगो र जर्सी सार्वजनिक गरेको छ।
बुधबार पोखराले परिवर्तित नयाँ लोगो र जर्सी सार्वजनिक गरेको हो। पोखराले सार्वजनिक गरेको नयाँ लोगोमा जितको प्रतिक सुन्तला रङ्ग थप्दै गैंडाको टाउको देखाइएको छ। यस्तै, माछापुच्छ्रे हिमाल मुनि ब्याट्सम्यानले बल प्रहार गरेको पनि लोगोमा देखाइएको छ।
ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियू क्रिकेट मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।