काठमाडौं- श्रीलंकाका ब्याट्सम्यान ओशाडा फर्नान्डोले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट खेल्ने भएका छन्।
साविक विजेता ललितपुर प्याट्रीयट्सबाट उनले ईपीएल खेल्न लागेका हुन्। फर्नान्डो ललितपुरमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुन्।
यसअघि ललितपुरले अफगानिस्तानका अलराउण्डर आजमतुल्लाह ओमरजाई, भुटानका ब्याट्सम्यान रानजुङ्ग मिक्यो दोर्जी र इंग्ल्यान्डका एलेक्स ब्लाकेलाई अनुबन्ध गरिसकेको छ।
ईपीएल असोज ९ देखि २३ सम्म टियू मैदानमा हुनेछ। ईपीएल विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।