काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच मंगलबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच मंगलबार अपराह्न करिब १ घण्टा कुराकानी भएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ नेताबीच मंगलबार अपराह्न ६ बजेदेखि ७:१० बजेसम्म छलफल भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।
३ नेताबीच मन्त्रिपरिषद् विस्तार, संसदमा जारी प्रतिपक्षी दलको अवरोध र प्रतिस्थापन विधेयकको प्रक्रिया अगाडि नबढ्दा सरकारी खर्च कसरी चलाउने भन्ने विषयमा छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।