काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ रोजेको नेपालले आसिफ शेखको ९० रनको मद्दतले ४७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १९६ रन जोडेको हो।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१/२१, रोहित पौडेलले २० र सन्दीप लामिछानेले १६ रन जोडे।
यस्तै सोमपाल कामीले ७, विनोद भण्डारीले ६, कुशल मल्लले ४, विक्रम सोब र सुसन भारीले २/२ रन जोड्दा ओपनर कुशल भुर्तेलले खातासमेत खोल्न पाएनन्।
अल अमेरत स्टेडियममा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।
सोमबार भएको खेलमा नेपालले रन चेज गर्दै अमेरिकामाथि पाँच विकेटको जित हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।