फाइल तस्बिर।
काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले ब्याटिङमा खराब प्रदर्शन गरेको छ।
टस जितेर ब्याटिङ रोजेको नेपाल लगातार विकेट गुम्दै गएपछि औसत योगफलतर्फ अग्रसर भएको छ। ब्याटिङमा बलियो मानिने ओमानविरुद्ध नेपालले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गर्ने सम्भावना कमजोर बनेको छ।
लगातार विकेट गुम्दै गएपनि एउटा एण्डबाट नेपाली इनिङ्ग्स सम्हालेका आसिफ सेखको विकेट गुमेसँगै नेपाल ठूलो दबाबमा देखिएको हो।
आसिफले ३६औं ओभरमा बिलाल खानको बलमा बोल्ड हुनुअघि ११२ बल खेल्दै ९० रन जोडेका थिए। ३६ ओभरको समाप्तिमा नेपालले ८ विकेटको नोक्सानीमा १५८ रनमात्र बनाएको छ।
अर्का ओपनर कुशल भुर्तेल इनिङ्ग्स्को दोस्रो बलमै शून्यमा आउट भए भने ज्ञानेन्द्र मल्ल (२१) र रोहित पौडेल (२०)ले मात्र दोहोरो अंकमा रन जोड्न सके।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।