फाइल तस्बिर
काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
अल अमेरत स्टेडियममा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
सोमबार भएको खेलमा नेपालले रन चेज गर्दै अमेरिकामाथि पाँच विकेटको जित हात पारेको थियो।
ओमानविरुद्ध नेपाली टोलीः
ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, विनोद भण्डारी (विकेट किपर), कुशल मल्ल, सोमपाल कामी, विक्रम सोब, सन्दीप लामिछाने र सुसन भारी।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।