काठमाडौं- पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)को अध्यक्ष रामिज राजा चयन भएका छन्।
सोमबार लाहोरमा भएको बैठकमा उनी सर्वसम्मत निर्वाचित भएका हुन्। उनले अब तीन वर्षका लागि पीसीबीको अध्यक्ष पद सम्हाल्नेछन्।
गत महिना पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ५९ वर्षीय राजालाई बोर्डको प्रमुखको रुपमा मनोनित गरेका थिए। राजा पीसीबीको अध्यक्ष बन्ने चौथो पूर्व क्रिकेटर हुन्।
१९९२ को विश्वकपमा प्रधानमन्त्री खान र राजा पाकिस्तानको टोलीमा थिए।
त्यही वर्ष पाकिस्तानले इंग्ल्याण्डलाई हराउँदै विश्वकप जितेको थियो। राजाले पाकिस्तानका लागि ५७ टेस्ट र १९८ वटा ओडीआई खेलेका छन्। उनले १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।