फाइल तस्वीर
काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्।
ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।
अमेरिकाविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालका कुशलले ६७ बलमा ५० रन पूरा गरेका हुन्। उनले २ चौका र १ छक्का प्रहार गरे।
एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको यो पहिलो अर्धशतक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।