फाइल तस्बिर
काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा अमेरिकाले पहिलो सफलता हात पारेको छ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको नेपालले ओपनर आसिफ शेखलाई गुमाएको हो।
आसिफ २३ रनमा आउट भए। उनी नोशतुश केंजीगे बलमा निसर्ग पटेलको हातबाट क्याच आउट भएका हुन्।
आसिफले पहिलो विकेटका लागि कुशल भुर्तेलसँग ६६ रनको साझेदारी गरे।
कुशल र आसिफको यो कीर्तिमानी साझेदारी हो। एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो विकेटका लागि बनाएको यो उच्च साझेदारी हो।
यसअघि नेपालबाट ओडीआईमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी ६१ रन थियो। २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध ६१ रनको साझेदारी गरेका थिए।
नेपालको ओडीआईमा सर्वाधिक ठूलो साझेदारी ८९ रनको छ। पपुवा न्युगिनीसँगको दोस्रो ओडीआई खेलमा तेस्रो विकेटका लागि ज्ञानेन्द्र र रोहितकुमार पौडेलले गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।