काठमाडौं- ब्याट्सम्यान मोनाक पटेलले शतकसँगै अमेरिकाले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाललाई २३१ रनको मध्यम लक्ष्य दिएको छ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३१ रनको लक्ष्य दिएको हो।
अमेरिकाका लागि पटेलले विस्फोटक ब्याटिङ गर्दै शतक प्रहार गरेका थिए। उनले ११३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै शतक बनाएका हुन्।
शतक बनाएसँगै उनी विक्रम सोबको बलमा कुशल भुर्तेलको हातबाट क्याच भए। उनी ओडीआईमा शत प्रहार गर्ने दोस्रो खेलाडी हुन्।
यस्तै, निसर्ग पटेलले ३९ बलमा २१ रन बनाए। उनी कुशल मल्लको बलमा बोल्ड भएका हुन्।
यस्तै, करिमा गोरे र शान्त मोदानीले १६/१६ बनाए। स्टिभन टेलरले १४ रन बनाउँदा नोशतुश केंजीगे र सन्जय कृष्णमूर्तिले १३/१३ रन बनाए। अमेरिकी उपकप्तान आरोन जोन्सको बायाँ हात भाचिएपछि १८ वर्षीय युवा अलराउन्डर कृष्णमूर्तिलाई टोलीमा राखिएको थियो।
जसकरण मल्होत्राले ११ रन बनाए भने अभिषेक पराडकार १३ र कप्तान सौरभ नेत्रावलकर ६ रनमा अविजित रहे। अन्यले भने दोहोरो अंक छुन सकेनन्।
नेपालका लागि विक्रम, सन्दीप लामिछाने, सुशान्त भारीले २/२ विकेट लिए। यता कुशल मल्लले १ विकेट लिए भने सोमपाल कामी र करण केसी महंगो सावित भए।
सोमपालले ९ ओभरमा ४४ रन दिए भने करणले ५ ओभरमा ४१ रन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।