काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा अमेरिका ब्याट्सम्यान मोनाक पटेलले शतक प्रहार गरेका छन्।
ओमानको अल अमरेत क्रिकेट मैदानमा जारी खेलमा उनले ११३ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै शतक बनाएका हुन्।
शतक बनाएसँगै उनी विक्रम सोबको बलमा कुशल भुर्तेलको हातबाट क्याच भएका छन्।
विक्रमको यो दोस्रो विकेट हो। यसअघि नेपाली टोलीका लागि विक्रमले पहिलो विकेट लिएका थिए। अमेरिकी ओपनर स्टेभिन टेलर सोबको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका थिए।
१७ बलमा एक चौकासहित १४ रन बनाएर टेलर आउट भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।