काठमाडौं- जिम्बावेका पूर्वकप्तान बेन्डन टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। ३४ वर्षीय टेलरले सोमबार आयरल्याण्डसँगको खेल आफ्नो अन्तिम खेल हुने जानकारी दिएका छन्।
टेलरले सन् २००४ मा जिम्बावेको टोलीमा डेब्यू गरेका थिए। उनले २०११ देखि २०१४ सम्म जिम्बावे टोलीको कप्तानी सम्हालेका थिए।
उनले ओडीआईमा २०४ खेल खेलेका थिए। उनले ओडीआईमा ११ शतकसहित ६ हजार ६७७ रन बनाएका छन्।
उनले जिम्बावेका लागि ३४ टेस्ट खेलमा २ हजार ३२० रन बनाएका छन्। यस्तै, ४५ टि २० खेलबाट ९३४ रन बनाएका छन्।
उनी २०१५ को विश्वकपमा जिम्बाबेको लागि सबबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका थिए।
आइतबार राति इन्स्टाग्राममा उनले लेखेका छन्, ‘म भारी मनले भन्न चाहन्छु- आयरल्याण्डसँगको खेल मेरो प्यारो देश र मेरो लागि अन्तिम हुनेछ। १७ वर्षको यो उतारचढाव समाप्त हुँदैछ। यो खेलले मलाई विनम्र हुन सिकाएको छ। म आफैंलाई भाग्यमानी ठान्छु धेरै वर्षसम्म राष्ट्रिय जर्सी लगाउन पाएँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।