काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले दोस्रो सफलता प्राप्त गरेको छ।
अमेरिकाविरुद्ध टस हारेर पहिले बलिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको हो। नेपालका लागि सन्दीप लामिछानेले मेडन विकेट लिएका हुन्।
उनले जमेर खेलिरहेका सुशान्त मोदानीलाई एबिडब्ल्यू धरापमा पारेका हुन्। सुशान्तले २८ बलमा एक चौकासहित १६ रन बनाएका थिए।
यसअघि नेपाली टोलीका लागि विक्रम सोबले पहिलो विकेट लिएका थिए। अमेरिकी ओपनर स्टेभिन टेलर सोबको बलमा कुशल भुर्तेलबाट क्याच आउट भएका हुन्।
१७ बलमा एक चौकासहित १४ रन बनाएर टेलर आउट भएका हुन्। लिग–२ मा बिक्रम सोव र कुशल भुर्तेलले पहिलोपटक खेलेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।