काठमाडाैं– अमेरिकी उपकप्तान आरोन जोन्स र तीव्र गतिका बलर जेसी सिंहले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक ओडीआई सिरिज गुमाउने भएका छन्। नेपालसँग पहिलो खेल खेल्नुअघि अमेरिकी खेलाडी चोटका कारण सिरिजबाट बाहिरिएका हुन्।
मध्यक्रममा प्रमुख ब्याट्सम्यान जोन्सको बायाँ हात भाचिएको बताइएको छ। यता, सिंहले साइड स्ट्रेनको कारण सिरिज गुमाउने भएका हुन्।
अमेरिकाले जोन्सको स्थानमा १८ वर्षीय युवा अलराउन्डर सन्जय कृष्णमूर्तिलाई टोलीमा राखेको छ। यस्तै, सिंहको स्थानमा वेस्टइन्डिज मूलका तीव्र गतिका बलर काइल फिलिपलाई टोलीमा समेटेको छ।
फिलिप यसअघि नै अमेरिका टोलीसँगै ओमानमा थिए। उनले अमेरिकाबाट ५ लिष्ट ए खेलमा ६ विकेट लिएका छन्।
यता, कृष्णमूर्ति शुक्रबार ओमान पुगेका थिए। उनी अमेरिका यू-१९ प्रतियोगिता सर्वाधिक विकेट लिने बलर हुन्।
नेपाल र अमेरिकाबीचको पहिलो खेल आज दिउँसो ४ : १५ मा ओमानको अल अमरेत क्रिकेट मैदानमा सुरु हुनेछ।
अमेरिकाको टोली
सौरभ नेत्रावलकर (कप्तान), अभिषेक पराडकार, डोमिनिक रिखी, एल्मोर हचिन्सन, गजानन्द सिंह, जसकरण मल्होत्रा, करिमा गोरे, मोनाक पटेल, निसर्ग पटेल, नोशतुश केंजीगे, स्टिभ टेलर, सुशान्त मोदानी, सन्जय कृष्णमूर्ति, काइल फिलिप
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।